तुलसीपुरमा पार्किङ ब्यवस्थीत गर्दै प्रहरी

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ९ गते शुक्रवार


तुलसीपुर : इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिब बहादुर सिहंले तुलसीपुरको अब्यवस्थीत पार्किङ र फुटपाथ ब्यबस्थापन गर्न लागेका छन् । ‘ ३ दिन सम्म सबै क्षेत्रमा पुगेर सचेतना फैलाउने र माईकिङ गर्ने काम सम्पन्न भएको छ ।चाडपर्ब नजिकिदै छन् । बजारलाई सुरक्षित गर्न बिभिन्न सुरक्षा योजना लागु गर्ने सन्दर्भमा बजार क्षेत्र ब्यवस्थीत गर्न प्रहरी लागी परेको छ, डिएसपी सिहंले भने ।’ बजारका बिभिन्न स्थानहरुमा केहि दिनमै सीसी क्यामराहरु जडान हुदैछन् ।

अत्याधिक भिडभाड हुने स्थानहरुमा बिशेष प्रहरीहरु परिचालन गरिएको समेत उनले बताए । यि सबै ब्यबसंथापनका लागि सबै क्षेत्र ब्यवस्थीत हुन जरुरी रहेको उनको भनाइ छ । बजार क्षेत्रको सुन्दरता र दुर्घटना न्युनिकरण गर्न समेत अब्यवस्थीत तरीकाले जथाभावी पार्किङ गर्ने सवारी साधनहरु ब्यवस्थीत गर्न जरुरी रहेको र यस्मा सबैक्षेत्रको सहयोग अनिवार्य रहेको समेत उनले बताए ।

तुललीपुरको सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दा बिभिन्न योजनाहरु सार्बजनिक गरेका उनले कोभिड १९ का कारण सुरु भएको लकडाउनको अबधिभरमा समेत आफुले सार्बजनिक गरेका कार्यक्रमहरु निरन्तर सन्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार