दाउन्नेमा पहिरोले बस पुरिंदा रुकुम पश्चिमका एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ९ गते शुक्रवार

फाइल फोटो

नवलपरासी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा गुडिरहेका बसमाथि पहिरो गएको छ ।  विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको , भने ६  जना घाइते भएका छन्।   

बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।

बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नंको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो।  पहिरोका कारण बस खस्दा अन्य छ जना घाइते भएका छन्।  घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार