तुलसीपुर : तुलसीपुरको सल्यान रोड स्थित खानेपानी नजिकै बस र ट्रक एक आपसमा ठोक्किँदा २ जना घाईते भएका छन् ।
घाईते हुनेमा बस चालक तुलसीपुर १४ भोजपुर निवासी चित्र बहादुर श्रेष्ठ र सल्यानको सारदा नगरपालिका–७ स्यालापानी निवासी बसमा सवार यात्रु २१ बर्षका राजीव हमाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
चालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने यात्रु राजीव उपचारपछि डिस्चार्ज भएको प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए । रुकुमबाट काठमाडौंका लागि छुटेको सिस्ने हिमालको ना ७ ख २६५३ नम्बरको बसलाई तुलसीपुरबाट रुकुमका लागि छुटेको ना५ख ९४९४ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । गए राति साढे ११ बजे गाईलाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।