बाँके : बाँकेमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका ३ का ५२ बर्षीय पुरुषको आज विहान साढे २ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
दुबैतिरको फोक्सोमा निमोनिया हुनुका साथै उनमा उच्च रक्तचापको समस्या समेत देखिएको उनले बताए । उनलाई यहि असोज ६ गते कोरोना पुष्टि भएको थियो, भने सोही दिन राती ११ बजेतिर अस्पतालमा भर्ना भएका थिए । यो संगै बाँकेमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस