तुलसीपुर : तुलसीपुरमा पहिलो पटक एक युवाको कोरोनाका कारण मृत्यु भएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं। १० गौरीगाउँ निवासी ३९ बर्षीय एक युवाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ ।
बोनम्यारोको समस्या देखिएपछि ती युवा भदौ ४ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका लागि गएका थिए । उपचारकोक्रममा सोही अस्पतालमा उनलाई कोरोना संक्रमन पुष्टि भएको आफन्तले बताएका छन् । भदौ ३१ गते कोरोना संक्रमन पुष्टि भएपछिउनलाई आइसियूसहितको उपचार चाहिने भन्दै राजधानीको ह्यम्स हस्पिटलमा सारिएको थियो ।
उपचारका क्रममा उनको विहीवार विहान साढे २ बजेतिर ह्याम्स हस्पिटलमा मृत्यु भएको पारिवारीक स्रोतले बताएको छ । नेपाली सेनालेउनको अन्त्येष्टि काठमाडौं मै गर्ने तयारी गरेको पारिवारीक स्रोतले बताएको छ । योसहित दाङका तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ । घोराहीको ट्राफिक चोकमा एक जना सडकमा बस्ने महिला र अर्का एक जना भारतमा मृत्यु भएका व्यक्तिको प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।