दाङका जिल्ला ट्राफिक प्रमुख रेग्मीलाई विदाइ

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ८ गते बिहिवार


दाङ :  ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेम रेग्मीको सरुवा भएको छ । उनको कपिलबस्तु सरुवा भएको हो । उनी दाङमा करिब १५ महिना बसेका हुन् । उनको विहीबार तुलसीपुर उद्योग बाणिज्य सघं ,दाङ जिल्ला उद्योग बाणिज्य सघं, रिपोटर्स क्लब दाङ, नेशनल प्याप्सन दाङ लगायतका सघं सस्थाहरुले बिदाइ गरेका छन ।

त्यस अवसरमा बक्ताहरुले जिल्लामा ट्राफिक ब्यबस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए । प्रमुख रेग्मीले करिव १५ महिना आफु दाङमा वस्दा जिल्लामा अव्यवस्थित भएको ट्राफिक व्यवस्थापन लाई चुस्त र दुरुस्त वनाएको बताए । आफुले गर्न खोजेका केही कुराहरु अपूरा भएपनि आगामी दिनमा जिल्लामा आउने ट्राफिक प्रमुखले पूरा गर्ने समेत बताए ।

तुलसिपुर उद्योग वाणिज्य सघका उपाध्यक्ष मिनराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष विमल रिजाल , उपाध्यक्ष ललितजंग शाह , रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी , एनप्याव्सन दाङका अध्यक्ष विमल गौतमलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव रुपबहादुर खत्रीले गरेका थिए । उनको ठाउँमा वुटवलमा वाट थम्मन जिसी आउँदैछन्

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार