गाउँमै उपचार गर्न पाउँदा सर्पले डसेका २ विरामी निको भए

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ८ गते बिहिवार

दाङ :  दाङमा पहिलो पटक गढवा गाउँपालिका ६ मा सर्पदंश उपचार केन्द्र संचालनमा आएपछि २ जना सर्पले डसेका विरामी निको भइ घर फर्किएका छन् । केन्द्रमा पहिलो पटक, एकै दिन सर्पले डसेका गढवा गाउँपालिका ६ रामपुरका ८० बर्षीय तुल्ला जोगी (मुसलमान)लाई औलामा र वडा नं. ५ चैनपुर का ८ बर्षिय बालक रामकृष्ण पौडेलको खुट्टामा सर्पले डसेपछि उपचारको लागि बुधबार केन्द्रमा आएका थिए ।

उनीहरु दुबै जनाको सफल उपचारपछि डिस्चार्ज गरिएको केन्द्रका व्यवस्थापक जिवराज शर्माले जानकारी दिए । उनका अनुसार यस भन्दा पहिला सर्पले डसेका विरामीहरू कपिलवस्तुको गोरूसिंङे, बाँकेको समशेरगंज उपचार गर्ने जाने गर्दथ्ये । गढवामा केन्द्र संचालन आएपछि अब बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार