चिसापनी शबदाह गृह : हामीले एक पैसा खाएका छैनौँ , निर्माण समिती (स्थलगत भिडियो रिपोर्ट)

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ८ गते बिहिवार

शान्तिनगर :  शान्तिनगर गाउँपालिका वडा नं. ५ चिसापानीमा निर्माण गरेको शवदाह गृहमा कुनै पनि अनिमिता नभएको निर्माण समितीले जनाएको छ । केही दिन अगाडी समाजिक संजालमा शव गृहमा अनिमिता भएको भन्दै आलोचना भएको प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको निर्माण उपभोक्ता समितीका अध्यक्ष तोरण सिं ठाडामगरले बताए । शवदाह गृह निर्माण गर्नको लागी वडा कार्यालयले ५ लाख बजेट छुट्टाएको र करकट्टी गरी ४ लाख ८५ हजारमा २०७७ बैशाख ३० गते सम्झौता भइ उपभोक्ता समितीले निर्माण कार्य शुरु गरेको उनले बताए ।

उक्त रकमबाट ईन्जीनियरको इस्टिमेटट अनुसार भन्दा बढि काम भएको उनले दाबी गरे । ‘ शवदाह गृहलाई खोलाबाट बचाउनको लागी ४९ वटा जाली लागउने इस्टिमेटमा भएता पनि ५१ वटा जाली लगाएका छौँ,’उनले भने,‘ एक कोठा भवन बनाउने हामीलाई ईस्टिमेटमा छ । तर हामीले त्यो भवनमा बाहिर दुई तर्फ थप टिनको पाता थपेर बनाएका छौँ ।  ४८ हजार ५ सय बराबरको जनश्रमदान भएको छ ।’

एक दिन सबै यहि ठाउँमा आउने हो भन्दै आफुहरुले कुनै पनि गलत कार्य नगरी निर्माण सम्पन्न छौँं ।’ त्यसैगरी निर्माण समितीको सचिव भुप बहादुर डाँगीेले सत्यतथ्य बुझेर मात्र यस्ता विषयमा लेख्नु पर्ने बताए । यो निर्माण गर्दा तारजाली ३३ सयका दरले ५१ वटा र ढुगां २५ सयका दरले ल्याएका काम गरेका छौँ,’उनले भने,‘ यो फिल्ड बनाउन र तारजाली राख्नको लागी खाडल बनाउन १६ घण्टा जेसीबी चलेको छ । हामीले यसको कामको लागी गाउँपालिका जादाँ आउँदा आफ्नो ब्यक्तिगत खर्च गरेका गरेका छौँं ।’ त्यसैगरी सचिव डाँगीले यो बजेटमा यदि कसैले यो निर्माण गर्न सक्छ भने गरेर देखाउन चुनौती दिएका छन् ।

फेरी पनि वडाले यहाँ थप भवन निर्माण गर्नको लागी ५ लाख बजेट छुट्टाएको छ । यदि कसैले हाम्रो भन्द पनि लागतमा यस्तै काम गर्न सक्छ, निर्माण गरेर देखाउन चुनौती दिएका छन् । त्यसैगरी वडा नं. ५ का वडाध्यक्ष गिरीराज बस्नेतले शवदाह गृहमा कुनै पनि अनिमिता नभएको दाबी गरेका छन् ।

उनले बबई गाउँपालिका वडा नं. ६ शान्तिनगर गाउँपालिका वडा नंं.१ ,२,५,७का नागरीकहरुले यहि ठाउँ दाहसस्कार गर्न ल्याउने भएकाले यहाँ आउने मलामीहरुलाई पानी परेको बेला बस्नको लागी समस्या भएकाले नै आफुहरुले सबैलाई सहजको लागी निर्माण गरीएको उनले बताए । गाउँपालिकाका ईन्जिनियरले नै बनाएको ईस्टिमेट अनुसार काम भएको उनले दाबी गरे । त्यसैगरी उनले सत्य तथ्य बुझेरमा खेल्न आग्रह गरेका छन । उनले यो निर्माण कार्यको फाइलहरु जुनसुकै बेलामा आएर हेर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार