तुलसीपुरका एक युवकले जन्मदिनको अवसरमा फलफुल तथा खाद्यान्न सहयोग गरे

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ७ गते बुधवार


तुलसीपुर :  तुलसीपुरका एक युवकले आफ्नो जन्मदिनको अवसरमा बृद्धाआश्रमका जेष्ठ नागरीकहरुसंग मनाएका छन् । तुलसीपुरका रहेको आहा अभियन्ता मोहन वलीले आफ्नो जन्मदिनको अबसरमा तुलसीपुरमा रहेको बृद्धाश्रमका जेष्ठ नागरीकलाई खाना तथा फलफुल दिएर मनाएका छन् । त्यसैगरी वलीले तुलसीपुर ३ खमारीमा बस्ने दृष्टि विहीन परिवार भएका चन्दवीर वलीको परिवारलाई समेत खाद्यान्न तथा फलफुल दिएर मनाएको आहा अभियानका संयोजक दिपक काफ्लेले बताए ।

पछिल्लो ब्यक्तिहरुले आफ्नो जन्मदिन मनाउन धेरै खर्च गर्दै आएको भएता पनि आफ्नो अभियानका सदस्यले यसरी विभिन्न सहयोग गरेर मनाउँदा आफुलाई धेरै खुशी लागेको समेत उनले बताए ।

त्यसैगरी उनले हरेक ब्यक्तिले यसरी नै सकारात्मक सोच्दै जादाँ समाजमा परिर्वतन हुने समेत बताए । त्यसैगरी वलीको परिवारलाई तुलसीपुर उपमहानगरपालिकाले आहा अभिायनलाई दिएको राहत प्याकेज पनि दिएको संयोजक काफ्लले बताए । पछिल्लो समय आहा अभियानले तुलसीपुरमा सामाजिकक कार्यमा संकृय रुपमा काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार