देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ७ गते बुधवार


तिर्थराज ज्ञवाली
देउखुरी दाङ  : राप्ती गाउँपालिका वडा नं ६ सगरापुरकी सरिता चौधरीले धानको उत्पादन बढाउदै कृषि पेशावाट पनि थोरै जग्गामा राम्रो उत्पादन दिनका लागि स्वर्गद्धारी कृषक समुहका आवद्ध भइन् । ८ कट्ठामा भि एन आर २२४५ र २२३३ जातको धान लगाइन् । कृषि प्राविधिकको नियमित सल्लाह र रेखदेखमा हेर्न लाएक धान फलाएको र उनले विगतका भन्दा राम्रो र धेरै धान फलेको देखेर खुसीले भएको बताइन् ।

गाउँपालिकाकै वडा नं ४ जनकपुरका नमुना कृषक समुहका सदस्यहरु पनि हर्दिनाथ वर्णशंकर १ र यु एस ३८२ नामको हाईब्रिड धान लगाएर हेर्न लाएक धान फले पछि खुसी भएका छन् ।  देउखुरी उपत्यकामा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु गर्नका लागि किसान परियोजना कृषकका घरघरमा पुगे संगै यो खालको परिवर्तन आएको हो ।

माथि उल्लेख गरिएका कृषकहरु जस्तै पछिल्लो समय सुपर चाईना ६०१ लगायतका धानको पहिलो खेति गराउन र आम्दानी तथा उत्पादनमा बृद्धि गराउने उदेश्यका साथ गाउँपालिकामा ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना किसान २ नेपाल र कठाहामा रहेको चौधरी राईस मिलको सहकार्यमा काम भैरहेको छ ।

कृषकको आम्दानी संगै कृषि उत्पादनमा बृद्धि गर्न हामीले नयाँ हाईब्रिड धान खेतीको उत्पादन सुरु गरेको छौ, धान काट्ने समय हुदासम्म राम्रो र उत्साहित उत्पादन भएको ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना किसान २ नेपाल चौधरी राईस मिलका ब्यवस्थापक श्यामेश चौधरीले बताए ।

उन्नत धान खेतिको अवस्थाको वारेमा बुधवार राप्ती गाउँपालिका उपाध्यक्ष, वडा नं ४ र ६ का अध्यक्षहरु, ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना किसान २ नेपाल, चौधरी राईस मिल, कृषक, कृषि प्राविधिक, पत्रकार टोलीले धान खेति संयुक्त रुपमा अनुगमन समेत गरिएको छ ।  देउखुरी उपत्यकाका राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा करिव २ हजार कृषकलाई आवद्ध बनाएर २०० हेक्टर खेतमा मसिनो हाईब्रिड धानको उत्पादन गर्ने लक्ष्य सहित ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना किसान २ नेपाल, चौधरी राईस मिलले काम गरिरहेको ब्यवस्थापक चौधरीले बताए ।

नेपाल सरकारले विदेश बाट आयातहुने मसिनो चामललाई नेपालमै उत्पादन गर्ने उदेश्यका साथ मसिनो हाईव्रिड धान हर्दिनाथ वर्णशंकर १, यु एस ३८२, भि एन आर २२४५ र २२३३, यु इस ८०३, यु यस ८०३ को विउ उत्पादन गरिी कृषकलाई परियोजना मार्फत वितरण गरिएको हो ।   विगतमा अन्य देश वाट आयात हुने मसिनो चामलको आयात परियोजनाको कार्यक्रम मार्फत कम हुने र हाम्रै नेपाली कृषकहरुले धेरै फल्ने, रोग कम लाग्ने र खादा स्वादिलो हुने धान चामलको उत्पादन गर्न उत्साहित हुने कृषि परियोजना किसान २ की एरिया संयोजक सुधा मिश्रले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार