सांकेतिक भाषालाई महत्व नदिदा मर्कामा

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ७ गते बुधवार

सुशील बस्नेत

दाङ :  सांकेतिक भाषा बुझ्न नसक्दा बहिरा अपाङगताहरुले समस्या भोग्दै आएका छन् । दाङमा मात्र ४ सय बढी बहिराहरु रहेको राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्माले जानकारी दिइन् । सेप्टेम्वर २३ मा नेपाल लगायत विश्वभर अन्तर्राष्ट्रिय सांकेतिक भाषा तथा बहिरा दिवस मनाईदैछ ।

तर यसलाई औपचारिकता मात्र बनाइएको शर्माको गुनासो छ । बहिराहरुले गरेको सांकेतिक भाषा नबुझ्दा स्वास्थ्य संस्थादेखि अदालत सम्म फरक बुझाउ हुन सक्ने उनले बताइन्। बहिरा नागरिकलाई हक अधिकार प्रदान गर्ने सन्दर्भमा नेपालको कानूनी व्यवस्था त्रुटिपुर्ण रहेको भन्दै बहिरा महासंघले त्यसको संशोधनको माग गर्दै आएको छ । बहिरामैत्री पाठयक्रम र पाठयपुस्तक नभएको पनि उनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार