दाङका लागी उडेको प्लेन खराब मौसमका कारण काठमाण्डौ फिर्ता

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ७ गते बुधवार

फाइल फोटो

दाङ :  दाङका लागि यात्रुहरु नपाएर सोमबार उडान नभरेको नेपाल एरलायन्सको हवाई जहाज बुधबार भने दाङ नजिकै आईपुग्दा पुन फर्किएको छ । लकडाउनका कारण बन्द आन्तरिक हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको हो । तर दाङमा हवाई यात्रु नहुदा सोमबार भने प्लेन अवतरण भएन । १० दिनका लागि सोमबार,बधुबार र शुक्रबार हप्तामा ३ दिन परिक्षण तालिका गराई सञ्चालनमा ल्याईएको नेपाल एरलायन्सको प्लेन आज बुधबार काठमाण्डौबाट बिहान उडान भरेको थियो ।

पौन १० बजे अवतरण हुनपर्नेमा मौसम खराबका कारण बुटवल नजिकको आकाशबाट त्रिभुवन बिमान स्थल फर्किएको नेपाल बायु सेवा निगम दाङका स्टेशन म्यानेजर नेमकान्त लम्सालले बताए ।  दाङ स्थीत टरीगाँउ एरपोर्टमा ११ जना यात्रु अवतरणको प्रतिक्षामा थिए । तर प्लेन अवतरण नभएपछि फर्किएका छन् । अव शुक्रबारको प्लेन अवतरणको तयारीका जुटेका लम्सालले बताए ।

काठमाण्डौबाट दाङका लागि टिकट बुकिङ भई सकेको र दाङबाट काठमाण्डौका लागि बुकिङ भईरहेको टिकट बिक्रि गर्ने एजेण्डहरुले बताएका छन् । झण्डै ६ महिना पछि आन्तरिक उडान सेवा सञ्चालनको लागि दाङमा १० दिनका लागि यात्रुहरुको चापलाई मध्यनजर गर्न हप्तामा ३ दिन हवाई सेवा सञ्चालनको अनुमति प्राप्त भएको छ ।

भने यात्रुहरुको चाप बढदै गएमा दैनिक हवाई सेवा सञ्चालन हुने छ ।
यसैगरी विमानसेवा पुनः सञ्चालनसँगै भाडा समेत घटेको छ । दाङ्ग काठमाडौको भाडा ५ हजार ७ सय ७० भएको छ भने काठमाडौको भाडा ५ हजार ९ सय ६० रहेको छ । आउने र जाने दुवै तर्फ १ सय १० रुपैया घटेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार