अपराधमुक्त समाज बनाउन प्रहरीलाई नागरीकको साथ चाहिन्छ : डिएसपी सिंह

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ६ गते मङ्गलवार

तुलसीपुर : इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिब बहादुर सिंहले समाजलाई अपराधमुक्त बनाउनको लागी नागरीक र प्रहरी विच भावनात्मक सम्बन्ध हुनु पर्ने बताए । मंगलवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ खर्चवामा गरीएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख सिंहले प्रहरी एक्लैले मात्र समाजलाई शान्ति सुरक्षा कायम गर्न नसक्ने भन्दै नागरीकहरुले पनि त्यसमा साथ दिनु पर्ने बताए । उनले तुलसीपुरलाई शान्ति सुरक्षा कायम गर्नको लागी अहिले तुलसीपुरका १९ वटै वडाका प्रत्यक टोलमा सुरक्षा समिती गठन गर्दै आएकोे बताए ।

‘ तुलसीपुरका १९ वटै वडामा ५७७ वटा टोल मध्य ५४६ टोलमा सुरक्षा समिती गठन भएको छ,’ उनले भने,‘ यसले गर्दा समुदायमा शान्ति सुरक्षा कायम हुने र प्रहरी र नागरीक विचको सम्बन्ध कायम हुन्छ । ’त्यसैगरी उनले आफु तुलसीपुरको प्रमुख भएर आएको ३ महिनाको अविधमा धेरै अपराधिक घटनाहरुमा कमी आएको दाबी गरे । ‘ शुरुमा हामीले लागु औषध विरुद्धको अप्रेशसन गरेकोमा त्यसमा केही सफल्ता मिलेको छ,’ उनले भने,‘ विक्री वितरण गर्ने धेरै ब्यक्तिहरुलाई पक्राउ गरी जेल चलान गरीएको छ । त्यस्तै उपमहानगर भित्र १८२ स्थानमा गाजाँ नष्ट गरेका छौँं । ’

पहिलो प्रत्येक महिना २५/३० वटा गुण्डागर्दीका केसहरु दर्ता हुने गरेको भएता पनि अहिले ३ महिनाको अवधीमा ४ वटा केस मात्र दर्ता भएको उनले बताए । ‘ यो प्रहरीले गर्दा मात्र नभई तपाईहरुको साथ र सहयोगबाट भएको हो । प्रहरी र नागरीक मिलेर अगाढी बढ्दा कन्ट्रोल भएको हो,’ उनले भने । वडाध्यक्ष टोप बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न टोल सुरक्षा समितीका संयोजकहरु आ–आफ्ना धारणा राखेका थिए ।

उनीहरुले टोलमा सुरक्षा समिती गठन भएपछि विभिन्न खाले घटनाहरु कमि भएको बताएका थिए । त्यसैगरी उनले आफु तुलसीपुरमा रहदाँ सम्मको लागी मात्र टोल सुरक्षा गठन नगरेको भन्दै कानुनको पालना गर्दै दिर्घकाली समय सम्मको लागी विद्यान, कार्यविधी बनाएर उपमहानगरसंग सम्झौता गरेर गरीरहेको उनको भनाइ थियो ।

त्यसैगरी उनीहरुले यो टोल समितीलाई दिर्घकालीन रुपमा लैजान पर्नु पर्ने र त्यसको लागी इप्रका तुलसीपुर र उपमहानगरपालिकाले ध्यान दिनु पर्ने बताएका थिए । कार्यक्रममा तुलसीपुर ७ तमाखे मिलन चोकका दुर्गा प्रसाद भण्डारी, नोखी रावत लगाएतकाले धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण इप्रका तुलसीपुर असई रमेश बुढाथोकीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार