तुलसीपुर : तुलसीपुरमा मंगलवार ७ महिना बच्चादेखी ६१ बर्षीय सम्मका गरी थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ८४ जनाको स्वाब पीसीआर परीक्षण गर्दा ८ जना क्वारेन्टाइनमा बसेका र १३ जना संक्रमितको सम्पर्कमा आएका रहेका उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा संक्रमितहुनेमा तुलसीपुर उपमहानगरपालिकाका ३ जना कर्मचारी ,वल्र्ड लिंकमा काम गर्ने ३ जना , क्वारेन्टाइनका ८ जना र अन्य संक्रमित घरपरिवारको कन्ट्याक्ट ट्रेसिङमा परेका ७ जना रहेको उनले जानकारी दिए ।
उपमहानगरपालीका वडा नम्बर १ का ३ जना ४ बर्षीय बालक , २४ बर्षीय पुरुष र २३ बर्षीया महिला, वडा नं. २ मा ३ जना ३१ र २५ बर्षीय पुरुष तथा ६१ बर्षीया महिला , वडा नं. ३ मा ५८ बर्षीय पुरुष तथा ७, १४ बर्षीया वालिका र २५ बर्षीय महिला , वडा नं. ५ मा २२,२५र ५० बर्षीय पुरुष तथा २५ बर्षीया महिलामा कोरोना पुष्टि भएको फोकल पर्सन केसीले जानकारी दिए ।
यस्तै वडा नंं. ६ मा १२,२८,३१ बर्षीय पुरुष , वडा नं.८ का २९ बर्षिय पूरुष र १० बर्षिय वालिका र वडा नं. ११ का ७ महिने एक शिशुमा कोरोना संक्रमण भएको उनले जानकारी दिए । यो संगै उपमहानगरमा संक्रमित संख्या २०१ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या ५६ जना रहको छ ।