बंगलाचुलीमा खोलाले बगाउदा एक बालिकाको मृत्युु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ६ गते मङ्गलवार

फाइल फोटो

दाङ  : दाङको बंगलाचुली गाउँपालिकामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका ८ सियाँला घर भई गाउँपालिका वडा नम्बर ७ गासी भन्ने ठाउँमा मामा घर जाँदै गरेकी भोजा सुनारकी ६ बर्षीया छोरी कविता सुनारको मृत्युु भएको वडा नम्बर ८ का वडाध्यक्ष गिरराज बाँठाले जानकारी दिए ।

सुनारको बंगलाचुली ७ मा पर्ने नेवारे खोला नाम गरेको खहरे खोलाले बगाएर मृत्यु भएको हो । सोमवार बेलुका करिब ६ बजे सुनारको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार