फाइल फोटो
गुल्मी : गुल्मीमा पहिरोमा परेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ, भने एक जना अझै बेपत्ता छन्। सोमबार राति ८ बजे जिल्लाको इश्मा गाउँपालिका वडा नं २ छल्दीपनाहा रातडाडा सडकमा पहिरो जाँदा इश्मा २ स्यालाका पैदल हिडीरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ६ वर्षका सफल कुमाल पहिरोमा परि बेपत्ता भएका थिए।
बेपत्ता भएका मध्ये प्रेम बहादुर कुमालको सडक देखि ५० मिटर तल मंगलबार बिहान शव फेला परेको र सफलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए। अहिले नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीले सफलको खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।