साक्षी संरक्षण र घटनास्थल सुरक्षा सम्बन्धी अभिमुखिकरण

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ६ गते मङ्गलवार


देउखुरी दाङ :  राप्ती गाउँपालिकाकामा न्याय, सुरक्षा र सुशासनको क्षेत्रमा काम गर्दै आएको कपिलबस्तुमा रहेको माहुरी होमले राप्ती गाउँपालिकामा साक्षी संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण गरेको छ । डिएफआइडीको आर्थिक सहयोगमा भिएसओ र इन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तु, राप्ती गाउँपालिका, प्रहरी कार्यालयको संयुक्त प्रयासमा शान्ति सुरक्षा स्थापन गर्न नागरिकलाई घटना, अपराध, अपराधि र पिडितका बारेमा जानकारी गरिएको छ ।

संस्थाको कार्यक्षेत्र रहेको वडा नं ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्री को अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा साक्षी संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धी निगरानी समुह, महिला समुह, सहकारी, प्रहरी, जनप्रतिनिधि, कर्मचारी प्रतिनिधिहरुलाई अभिमुखिकरण गरिएको हो ।

प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरीक्षक नविन पाण्डेले घटना, अपराध, अपराधी र पिडित, घटना स्थल, साक्षी, भौतिक सबुत, मौखिक वा लिखत कागजि सबुद, केरकारलाई सघाउ पुराउने तथ्यहरू लगायतका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा घटना घटेको स्थलको सुरक्षाका लागि आम नागरिक तथा प्रहरीले गर्नुपर्ने कार्य तथा पीडितको न्यायका लागि र स्थलको महत्वका लागि अपराध, अपराधि र पिडित बिच त्रिपिक्षय सम्बन्ध स्थापित गर्ने, जस्ताको त्यस्तै संकलन गर्न आवस्यक रहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार