दाङमा गत आर्थिक बर्षमा विभिन्न विपद्का घटना ६६ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ६ गते मङ्गलवार

फाइल फोटो

दाङ : दाङमा गत आर्थिक बर्ष २०७६/७७ मा विभिन्न विपद्का घटना परी ६६ जनाको मृत्यु भएको छ । ति मध्य ५० जना पुरुष र १६ जना महिला रहेको जिल्ला आपतकाली कार्य संचालन केन्द्र दाङले जनाएको छ । जसमध्य करेन्ट लागेर ४ जनाको मृत्यु भएको थियो,भने ५ जना घाईते भएका थिए । त्यस्तै पानीमा डुबेर मृत्यु हुनेमा १० महिला र २७ पुरुष गरी ३७ जना, सर्पदंशबाट २ महिला र १३ पुरुष गरी १५ जनाको मृत्यु र एक जना घाईते भएका केन्द्रले जनाएको छ ।

रुखबाट लडेर १ जना, रुखले च्यापिएर १ जना, चट्याङ लागेर ३ जना, पानीले बगाएर १ महिला र ३ पुरुष गरी ४ जना गरी ६६ जनाको मृत्यु भएको केन्द्रका प्रदेश समन्वय सुचना कर्ता अजेन्द्र केसीले बताए । त्यस्तै आगलागीबाट ८ वटा पशु चौपाय मरेको थिए । त्यसैगरी ७० वटा घर पूर्णरुपमा र १७ वटा घर आंशिक रुपमा क्षति हुदाँ ३ करोड ५१ लाख २ हजार ५६० रुपैया बराबरको क्षति भएको उनले बताए । जिल्लामा आगलागीबाट ५० घर पूर्णरुपमा र ११ घर आंशिक रुपमा क्षति भएको उनले बताए ।

            शान्तिनगर २ अमुवा बर्षाका कारण भत्किएको घर (फाइल फोटो)

उक्त क्षतिबाट २ करोड ४९ लाख ४४ हजार ६० रुपैयाँ बराबरको क्षति भएको केसीले जानकारी दिए । त्यस्तै भारी बर्षाका कारण १५ वटा घर पूर्णरुपमा र ६ वटा घरमा आंशिक रुपमा क्षति हुदाँ ५५ लाख ६८ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको उनले बताए । त्यस्तै हावाहुरीका कारण २ वटा, बाढिका कारण २ वटा चट्याङबाट १ वटा घरमा पूर्णरुपमा क्षति भएको केन्द्रले जनाएको छ । त्यसैगरी चालु आर्थिक बर्षको साउन महिनामा १ करोड ४ लाख ४५ हजार १५० बराबरको क्षति भएको समन्वय कर्ता केसीले जानकारी दिए ।

आगलागीको १ वटा घटना भएको र त्यसबाट गोठ जलेको थियो । त्यस्तै करेन्ट लागेको ३ वटा घटना मध्य १ जनाको मृत्यु भएको उनले बताए । त्यसैगरी पानीमा डुबेर ९ जनाको ज्यान गएको छ । भारी बर्षाका कारण ३३ वटा घर गोठहरुमा पूर्णरुपमा क्षति भएको छ । त्यस्तै पहिरोको कारण २ जनाको ज्यान गएको समेत केसीले बताए । सर्पदंशका १५ वटा घटनाहरु घटेको भएता पनि एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार