तुलसीपुर सोमवार थप ४ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ५ गते सोमवार

तुलसीपुर :  तुलसीपुर सोमवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीको फिभर क्लिनीकमा गरिएको स्वाब परिक्षणमा ३ जनामा कोरोना पुष्टि भएको उपमहानरका कोभिड १९ फोकल पर्सन विमल केसीले जनाकारी दिए । त्यसैगरी भेरी अस्पतालमा परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएको हो ।

भेरी अस्पतालमा परीक्षण गर्दा तुलसीपुर २ का २४ बर्षीयमा कोरोना पुष्टि भएको उनले बताए । त्यसैगरी प्रतिष्ठानमा परीक्षण गर्दा तुलसीपुरका ७ का ३४ बर्षीय , वडा नम्बर ८ का २९ बर्षीय र वडा नम्बर ९ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको उनले जानकारी दिए । तुलसीपुरमा हाल सम्म १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य १४५ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार