काठमाडौं : नेपालमा सोमवार थप १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरी ९ हजार ५ सय ३३ पीसीआर परीक्षण गर्दा ४ सय १८ महिला र ७ सय ३६ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा संक्रमण देखिएको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश १ मा २ सय ६९, प्रदेश २ मा ८ सय २५, बागमती प्रदेशमा ५ हजार २ सय १८ र गण्डकी प्रदेशमा ६ सय ५४ जना, प्रदेश ५ मा १ हजार २ सय १७, कर्णाली प्रदेशमा २ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ४ सय ४९ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना रहेका छन ।
त्यस्तै होम आइसोलेसनमा प्रदेश १ मा १ हजार ३ सय १५, प्रदेश २ मा ९ सय ९८, बागमती प्रदेशमा ४ हजा ९ सय ६१ र गण्डकी प्रदेशमा २ सय ८६ जना प्रदेश ५ मा ७ सय ५९, कर्णाली प्रदेशमा १ सय ८३ र सुदूरपश्चिम प्रदेशमा १ सय ८८ गरी देशभरी ८ हजार ६ सय ९० जना होम आइसोलेसनमा रहेका छन । आज आइसियुमा १ सय ९६ र भेन्टिलेटरमा ३१ जना उपचाररत रहेका छन ।