अमिलियाबाट ३२५ ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ५ गते सोमवार


दाङ :  दाङमा प्रहरीले ३२५ ग्राम आगु औषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । आइतबार राती राढे ८ बजेतिर लमही नगरपालिका ९ अमिलीयाबाट बाँके नेपालगञ्ज उपमहानगरपालिका ११ भट्टीटोल निवासी ३५ बर्षीय महिन अन्सारीलाई ३२५ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अमिलियामा लागुऔषध ब्राउन सुगरको कारोवार भैरहेको गोप्य सूचनाका आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिए । पक्राउ परेका अन्सारी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार