यात्रुनै नभएपछि दाङमा प्लेन आएनन्

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ५ गते सोमवार

फाइल फोटो

सुशील बस्नेत

दाङ :  लकडाउनका कारण बन्द आन्तरिक हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । तर दाङमा सोमबार भने प्लेन अवतरण भएन । हवाई यात्रु नभएपछि सञ्चालनम नआएको नेपाल वायुसेवा निगम दाङ स्टेशनका म्यानेजर नेमकान्त लम्सालले जानकारी दिए। झण्डै ६ महिना पछि आन्तरिक उडान सेवा सञ्चालनको लागि दाङमा १० दिनका लागि हप्तामा ३ दिन हवाई सेवा सञ्चालनको अनुमति प्राप्त भएको छ । लम्सालका अनुसार हप्ताको सोमबार,बुधबार र शुक्रबार ३ दिन १० दिनका लागि हवाई सेवा सञ्चालन हुने छ । त्यसपछि यात्रुहरुको चापलाई मध्यनजर गर्दै पूर्बवत रुपमा दैनिक हवाई सेवा सञ्चालन हुन सक्ने उनले बताए ।

तर सञ्चालनको अनुमति प्राप्त भएको पहिलो दिन नै यात्रु नै नभएपछि हवाई जहाज टरीगाँउ एरपोर्टमा अवतरण हुन सकेन निगमले जनाएको छ । टिकट खरिदका लागि सोमबार दिँउसो १ बजेदेखि सुचारु भएकाले आगामी बुधबार हवाई सेवा मार्फत दाङ–काठमाण्डौ,काठमाण्डौ –दाङ का लागि लागि यात्रुहरु हुने अपेक्षा गरिएको छ । यसैगरी विमानसेवा पुनः सञ्चालनसँगै भाडा समेत घटेको छ । दाङ काठमाडौको भाडा ५ हजार ७ सय ७० भएको छ भने काठमाडौको भाडा ५ हजार ९ सय ६० रहेको छ । आउने र जाने दुवै तर्फ १ सय १० रुपैया घटेको हो ।

नेपाल सरकारको भदौ २९ को मन्त्रिपरिषद्को निर्णय अनुसार झन्डै ६ महिनापछि आन्तरिक उडान सेवा सञ्चालन भएको हो ।
कोरोना संक्रमणलाई विशेष ध्यान दिई सुरक्षाका आवश्यक सबै उपाय अपनाएर सोमबारदेखि उडान थालिएको छ ।
विमान सेवा प्रयोग गर्ने यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू स्वस्थ भएको स्वयं घोषणा पत्र भर्नु पर्नेछ ।
नयाँ व्यवस्था अनुसार उडान सयम भन्दा कम्तीमा दुई घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने हाते झोला र अत्यावश्यक सामान मात्र लैजान पाइने छ ।

सोमबार देशका विभिन्न भागमा यात्रु लैजान ५० वटा उडान अनुमति दिइएको पनि विमानस्थल प्रमुख केसीले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगम लाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी सोमबार ५० वटा उडानलाई अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार