तिर्थराज ज्ञवाली
देउखुरी दाङ : धार्मीक तथा पर्यटकीय स्थलको रुपमा रहेको कुलपानी क्षेत्रको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आइतवार अवलोकन गरेका छन् । दाङको गढवा गाउपालिका १ बडहरामा पर्ने कुलपानी क्षेत्रको विकासमा प्रदेश सरकार, स्थानिय सरकार र केन्द्र सरकारले गर्न सक्ने नयाँ योजना तथा क्रियाकलापको बारेमा उनले अवलोकन गरेका थिए ।
प्राकृतिक तथा धार्मीक दृष्टिले मनोरम र सुन्दर कुलपानी क्षेत्रको विकासमा वडहरा गाउँ तथा कुलपानी सामुदायिक समुहले हाल सम्म गरेको कामको प्रशंसा गर्दै मुख्यमन्त्री पोख्रेलले आगामी दिनमा राज्यको तर्फबाट लगानी गरीने बताए । गाउँपालिका अध्यक्ष सहजराम यादवको अनुरोधमा मुख्यमन्त्री पोख्रेलले सो कुलपानी धार्मीक तथा पर्यटकीय स्थलको विकास तथा प्रवद्र्धन चासो बढाएका छन् ।
गाउँपालिकाको धार्मीक तथा पर्यटकीय स्थलहरुमध्य सुगमतता तथा सुन्दरताको उत्कृष्टता क्षेत्रको रुपमा परिचित कुलपानी धार्मीक तथा पर्यटकीय स्थलको मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभा सदस्य तथा नगर प्रमुख, पालिका अध्यक्षहरुले चासोका साथ विकासको लागि लागि पर्ने बताउनु भएको समुहका अध्यक्ष नमराज शर्माले बताए ।
त्यसैगरी कुलपानी धार्मीक तथा पर्यटकीय स्थलको संरक्षण तथा विकासमा भुमिका खेलीरहेको वन समुहको तर्फबाट अध्यक्ष नवराज शर्माले मुख्यमन्त्री पोख्रेललाई निवेदन माग पत्र समेत हस्तान्तरण गरेका छन् । समुहका सल्लाहकार देवलाल यादव तथा सचिव दिलबसी विकले अवलोकनमा मुख्यमन्त्री, मन्त्रिहरु तथा नगर प्रमुख, पालिका अध्यक्षहरुको आगमनलाई स्वागत योग्य भन्दै धन्यवाद समेत ब्यक्त गरेका थिए ।