तुलसीपुरबाट ४ जना जुवाडे प्रहरी नियन्त्रणमा

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ४ गते आइतवार

दाङ : तुलसीपुरबाट प्रहरीले ४ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले २० हजार ५५ रुपैयाँ सहित ४ जना जुवाडेलाई तुलसीपुर ६ महेन्द्र स्कुल पछाडी चिरो बगरबाट नियन्त्रणमा लिएको जनाएको छ । आइतवार दिउसो करिब २ बजेको तिर जुवा खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा इप्रका तुलसीपुरका प्रहरी निरीक्षण चक्र बहादुर डमरपालको प्रहरी टोली नियन्त्रणमा लिएको इप्रका तुलसीपुरले जनाएको छ ।

प्रहरीले जुवा खेली राखेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका १६ का ३५ बर्षीय छबिलाल बस्नेत, तुलसीपुर ६ का ३० बर्षीय मधुसुदन रेग्मी सोही ठाउँका २९ बर्षीय भुवन खड्का र ५० बर्षीय देवी सिंह महतलाई नियन्त्रणमा लिएको जनाएको छ । साथै नखोलेको रातो रंगको तास १ गड्डी र खोलेको कालो रंगको तास २ गड्डी समेत बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार