फाइल फोटो
दाङ : शान्तिनगर गाउँपालिकामा कोरोना संक्रमितको संख्या ७४ पुगेको छ । गाउँपालिकामा ६ जना कर्मचारीमा समेत सक्रमण देखिएको छ । अहिलेसम्म १ हजार ४५ जनाको पीसीआर परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले बताए ।
ति मध्य ४१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ,भने बांकी ३३ जना संक्रिय संक्रमितहरु रहेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी सहित एक कार्यालय सहयोगीलाई तुलसीपुर स्थित होटल विगबेलीमा राखिएको छ ।
अन्य गाउँपालिकाका ४ जना कर्मचारीलाई शनिबारनै शान्तिनगर वडा नम्बर ६ स्थित धनौरी स्वास्थ्य चौकिमा राखिएको छ । अन्य संक्रमित भने बेलझुण्डी लगायत बिभिन्न आइसोलेसनमा राखिएको छ । शनिबार गाउँपालिकाका शिक्षा शाखा प्रमुख , इन्जिनियर , स्टोर शाखा प्रमुख र भान्से कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।