दाङ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सर्पदंशको कारण उपचार नपाएर अकाल मै मुत्यु हुने रोकिने बताए । दाङको गढवा गाउँपालिका ६ मा स्थापना भएको सर्पदशंको उपचार केन्द्रको आइतवार उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले केन्द्र संचालन आएपछि जीवन रक्षाको लागी ठूलो उपलब्धी भएको बताए । उनले अब सर्पदशं उपचार केन्द्रमा उपचार सुरु भएपछी उपचारको अभावमा अकाल मै हुने मृत्यु रोकिने समेत बताए ।
अब केन्द्रबाट धेरै सर्पदशंका बिरामीले नयाँ जीवन पाउनेमा आफुले विश्वास लिएको समेत उनले बताए । त्यसैगरी मुख्यमन्त्री पोख्रेलले देउखुरी क्षेत्रमा स्वास्थ्य, शिक्षा, सडक लगायत विकास निमार्णमा फड्को मारिरहेको अवस्थामा देउखुरी क्षेत्र पछाडि परेको भन्नु राम्रो कुरा नभएको बताए । साथै उनले अहिलेको विश्व महामारीको विषम परिस्थिीतिमा सवै नागरिकले सुरक्षा मापदण्डलाई अनिवार्य रुपमा पालना गरे यस बाट बच्न सकिने बताए ।
त्यस्तै उनले अहिलेको अवस्थामा भिडभाडजन्य गतिविधी बन्द गर्न तथा लकडाउन गर्नुपर्ने स्थिती सिर्जना नगर्न पनि आग्रह गरे । गढवा गाउँपालिकाको लगानीमा निर्माण भएको भवनबाट नेपाली सेना रिपुमर्दन गण दाङको प्राविधिक सहयोगमा सर्पदशंको उपचार सुरु भएको हो । आर्थिक बर्ष २०७६÷०७७ मा रितु निर्माण सेवाले ४० लाखको लागतमा सर्पदशं उपचार केन्द्र र निमादेवी निर्माण सेवाले २७ लाखको लागतमा ६ कोठे आर्मी बस्नको लागी घर निर्माण गरेको हो ।
दाङमा सर्पदंश उपचार केन्द्र नहुदाँ यहाँ नागरिकहरु उपचारका लागी कपिलवस्तुको गोरुसिङ्गे र बाँकेको भेरी अस्पतालमा उपचारको जाने गरेका थिए । तर त्यहाँ जान पनि समय लाग्ने भएकाले धेरैलाई अस्पताल पु¥याउन नसक्दाँ विच बाटोमै अकाल मृत्यु हुने गरेको थियो । गत आर्थिक बर्षमा दाङमा सर्पदंशबाट १५ जनाले अकाल मै ज्यान गुमाएका छन् ।