बर्दियामा सर्पदंशबाट एक ब्यक्तिको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ४ गते आइतवार

दाङ : बर्दियामा सर्पदंशबाट एक ब्यक्तिको मृत्यु भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका ८ तिलकाना बस्ने ३१ बर्षीय सब्दाम अलीको मृत्यु भएको प्रहरीले जनाएको छ । अली आमाको औषधी ल्याउन मेडिकल गएको र फर्किने क्रममा अचेत बाटोमा ढलेको अवस्थामा साथीहरुले देखि उठाएर घरमा पु¥याएको थिए ।

उनलाई उपचारको लागी जिल्ला अस्पताल लैजादै गर्दा राती करिब साढे १२ बजेतिर मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । अलीको बाँया खुट्टामा सर्पले टोकेको जस्तो डाम भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार