बंगलाचुली गाउँपालिकामा आजदेखी विद्यालयहरु संचालनमा

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ४ गते आइतवार


दाङ : दाङको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आइतबार देखि संचालनमा आएका छन् । गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, ९ वटा बाल विकास केन्द्र र एउटा बोर्डिङ स्कुलमा आज देखि पठन पाठन सुरु भएको हो । गाउँपालिकाले पहिलो चरणमा वाल विकास केन्द्र देखि ५ कक्षा सम्मको पठन पाठन सुरु गर्ने निर्णय अनुसार आजदेखि पठन पाठन सुरु भएको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बैठक बसी पाठ्यक्रम निर्धारण गरेर संचालन गरिने तयारी भएको गाउँपालिकाले जनाएको छ । । गाउँपालिकामा शिशु देखि कक्षा ५ सम्म ४ हजार ९ सय ७६ विद्यार्थी रहेका छन् । गाउँपालिकामा जम्मा ७ हजार २ सय ५४ जना विद्यार्थीहरु रहेका छन् ।

नेपाल सरकार शिक्षा तथा प्रविधि मान्त्रालयले जारी गरेको विद्यार्र्थी सिकाई सहजिकरण निर्देशिका २०७७ को गाइडलाइन अनुसार गाउँपालिकाले पठनपाठन कार्यलाई संचालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले बताए । लामो समय सम्म लकडाउन भए पछि विद्यार्र्थीहरुको पढाई अन्यौलमा परेको हुँदा स्वास्थ्य सुरक्षा अपनाउँदै पठन पाठन कार्यलाई सुरु गरीएको उनले बताए । गा

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार