बाँके : बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ। उनको अस्पतालमा गएराति साढे ११ बजे मृत्यु भएको हो।
उनी स्वास्थ्यमा समस्या भएपछि गत भदौ २० गते साझँ ५ बजे भेरी अस्पतालमा भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा २१ गते कोरोना पुष्टि भएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस