दाङ : संविधान दिवसका अवसरमा शनिवार बेलुका तुलसीपुरका विभिन्न स्थानमा दिप प्रज्ज्वलन गरीएको छ । तुलसीपुरउ पमहानगरपालिकाले प्रांगणमा दिप प्रज्ज्वलन गरेर छैटौ संविधान दिवस मनाइएको हो । कार्यक्रममा नगरप्रवक्ता सुर्यवहादुर डाँगीले संविधानको मर्म अनुसार गाउँ गाउँमा सिंहदरवार आएको बताउँदै जनताको जीवनस्तर सहज बन्दै गएको बताए। उनले संविधान दिवस सबैको दिवस भएको भन्दै नेपाली जनताको लामो समयदेखिको त्याग र तपस्याबाट सम्भव बताए ।
कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछानेले सबै वर्ग र समुदायको आवाजलाई संविधानले समेटेको बताए । त्यसैगरी नेपालमा जनताका हितमा बनाइएको संविधान सदैव जनताको हकअधिकार र हितको लागि कार्यन्वयन भइराखोस भन्दै तुलसीपुरको मदनआश्रित चोकमा आहा तुलसीपुर अभियान, नमुना युवा संसद, फेमिना गुरुपको आयोजना विभिन्न ब्यीक्तहरुको उपस्थितीमा दिप प्रज्ज्वलन गरिएको आहा तुलसीपुर अभियान संयोजक दिपक काफ्लेले बताए ।
त्यसैगरी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले छैटौ संविधान दिवस मनाएको छ । तुलसीपुरको मदन आश्रित चोकमा झण्डा आकारमा मैनवत्ती बालेर यस्तो दिवस मनाइएको हो । अनेरास्ववियु केन्द्रीय अनुशासन आयोगका सदस्य विरवल खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले संविधानको कार्यान्वयले नेपाली जनताको समृद्धिको यात्रा कोरेको बताए । उनले संविधानले राज्यका सबै जनतालाई मुलधारमा ल्याएको कुरामा जोड दिए ।
पब्लिक ज्ञानज्योति तुलसीपुरका अध्यक्ष विरोध केसीको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता प्रकाश शर्मा, रविन्द्र डाँगी, सविन केसी, राप्ती बबई इकाई कमिटी अध्यक्ष रविन वली लगायतले मन्तव्य राखेका थिए । भने कार्यक्रमको सहजिकरण रुपेश भण्डारीले गरेका थिए ।