न्यू रोड टोल विकास संस्थाको अध्यक्षमा बस्नेत चयन

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ३ गते शनिवार

तुलसीपुर : तुलसीपुरको न्यू रोड टोल विकास संस्थाको १७ औ साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वेद बहादुर केसीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा सदस्य अजय बुढाथोकीको प्रमुख अतिथ्यतामा भएको साधारण सभामा गोबिन्द बस्नेतको अध्यक्षतामा ७ सदस्यीय टोल विकास संस्थाको कमिटी गठन गरिएको छ ।

जसको उपाध्यक्षमा निरा ढुङगाना, सचिवमा रमेश वली, कोषाध्यक्षमा मीन कुमार ढकाल, सदस्यहरुमा गंगा वोहरा वली , राजेन्द्र गन्धर्व र लक्ष्मी कडेललाई सर्बसहमतिले चयन गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष भिम बहादुर केसी, पूर्वध्यक्ष सुरेन्द्र चन्द, समाजसेवी तेजनाथ योगी, वडा नं. ५ का नेपाली कांग्रेसका सचिव खेम भण्डारी, टोल सुरक्षा समितीका सचिव पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण टोल सुरक्षा समितीका अध्यक्ष प्रेम प्रकाश मल्लले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार