तुलसीपुरमा शनिवार थप दुई जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ३ गते शनिवार

दाङ :  तुलसीपुरमा शनिवार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरका कोभिड–१९ फोकल पर्सन बिमल केसीले जानकारी दिए । तुलसीपुर ८ का ३० बर्षीय र वडा नं. १५ का २० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु होम आइसोलेसनमा बसेका छन् । उनीहरुको यही असोज २ गते स्वाव संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । त्यस्तै, भेरी अस्पताल नेपालगञ्जमा परिक्षण गर्दा तुलसीपुरका २ जनामा पनि कोरोना पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का २६ बर्षीय पुरुष र वडा नं. ६ का २६ बर्षीय महिलामा कोरोना पुष्टि भएको फोकल पर्सन केसीले जानकारी दिए ।

उनीहरु दुवै जना भेरी अस्पतालमा कार्यरत रहेको बुझिएको छ । योसंगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या १७५ जना पुगेको छ, भने जसमध्य सक्रिय कोरोना संक्रमितको संख्या ३२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार