दाङमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ३ गते शनिवार

दाङ : दाङमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट शान्तिनगर गाउँपालिका ४ गवदवा निवासी ५० बर्षीय आइते रोकाको मृत्यु भएको हो । शनिबार अप्राहन्न ४ बजेतिर तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा ३ प १०९४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाईते भएको रोकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

रोकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल सहित चालक शान्तिनगर ४ शान्तिपुरका थमन कडेललाई चिराघाट प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार