नेपालमा पछिल्लो २४ घन्टामा १२ सय ४ जना संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ३ गते शनिवार

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २ सय ४ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषमा संक्रमण देखिएको छ ।

काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन । शनिवार देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश १ मा ३ सय ७३, प्रदेश २ मा ८ सय ७८, बागमती प्रदेशमा ५ हजार २ सय २३ र गण्डकी प्रदेशमा ८ सय ३७ जना, प्रदेश ५ मा १ हजार २ सय १७, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेनमा ९ हजार १ सय ५३ जना संक्रमित उपचाररत रहेका छन् ।

यसैगरी होम आइसोलेसनमा प्रदेश १ मा १ हजार २ सय ८९, प्रदेश २ मा १ हजार ७७, बागमती प्रदेशमा ४ हजार २ सय ९१ र गण्डकी प्रदेशमा १ सय ८७ जना, प्रदेश ५ मा ६ सय ९७, कर्णाली प्रदेशमा १ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ सय ८९ गरी देशभरी ७ हजार ९ सय ७६ संक्रमित होम आइसोलेसनमा रहेका छन ।

यस्तै आइसियुमा १ सय ७९ जना र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत रहेका छन् । आज १ हजार ४ सय ४७ संक्रमित निको भएर घर फर्किएका छन् । आजसम्म प्रदेश १ मा ३ हजार ९ सय ६१, प्रदेश २ मा १२ हजार ७४, बागमती प्रदेशमा १० हजार ५ सय ३६ र गण्डकी प्रदेशमा २ हजार ६ सय ३७ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन्। यस्तै प्रदेश ५ मा ७ हजार २ सय ७, कर्णाली प्रदेशमा २ हजार ६ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ९५ गरी देशभरी ४५ हजार २ सय ६७ संक्रमित निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार