दाङमा १७ जना कैदीले पाए कैद माफि मिनाह

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ३ गते शनिवार

फाइल फोटो

सुशील बस्नेत

दाङ :  संबिधान दिवसको अबसर पारि दाङका १७ जना समेत गरि २ सय ८९ जनाले कैद मिना पाएका छन् । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि लागू हुने तुलसीपुर कारागारका ६ जना र घोराही कारागारका ११ जना गरि १७ जनाले बाँकी कैद माफी मिनाह पाएका छन् ।

संबिधान दिवसको अवसरमा दाङका तुलसीपुर र घोराही कारागारबाट कर्तब्य ज्यान,डाँका चोरी,सवारी ज्यान,ठगी लगायतका बाँकी कैद माफी मिनाह पाउनेहरु सबै पुरुष कैदीहरु छन् ।  ५० प्रतिसत कैद भूक्तानी गरी सकेका र नकारात्कम सूचिमा नपरेकाहरुले माफी मिनाह गरी नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा कैदीहरुको भुक्तान हुन बाँकी कैद माफी मिनाह भएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार