दाङमा मान पदवी पाउनेमा पत्रकारदेखि चिकित्सक सम्म

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ३ गते शनिवार

दाङ :  सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।
सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ । राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।

यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन । सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिँदै छ ।यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र दुई जना सन्चारकर्मीसमेत छन् ।
संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।
कोभिड–१९ महामारीका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महानुभावलाई समेत समेट्नुप र्ने भएकाले ५९४ जनाको नामावली विभूषण, अलंकार र पदक पाउनेहरुको सूचीमा छ ।

यसैबिच प्रबल जनसेवा चुर्तथबाट राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका बरिष्ठ मेडिकल सुपरिटेण्डीयन डाक्टर सर्बेश शर्मा,दाङका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम।सी।,राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका लेक्चर(प्याथोलोजी) डाक्टर गोपाल लामा र तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का समाजसेवी ललीतबहादुर वली, प्रबल जनसेवा पाचौबाट राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका ल्याव टेक्नीसियन सुमन सापकोटा बिभुषित भएका छन् । त्यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सवीन प्रीयासन सहित १६ जना पत्रकारलाई सरकारले संबिधान दिवसको अवसरमा बिभुषित गर्ने निर्णय गरेको छ ।

यसरी विभूषित हुने नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष प्रियासन, पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणी गौतम,, पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतम, डा.राजेश अहिराज, नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, सागर पण्डित, शुभेच्छाबिन्दु तुलाधर, टीका बिष्ट लगायत छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार