शरद रेग्मी
तुलसीपुर : जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मुलुक सघिय प्रणालीमा गइसकेको हुदाँ पुराना कानुनहरु ससोधन गर्दै जानुपर्ने बताए । पुराना कानुनहरु अहिले नया सम्रचना अनुसार उपयुक्त नभएको भन्दै ससोधन गर्नुको बिकल्प नभएको प्रष्ट पारे।उनले जनताको चाहाना र अपेक्षा अनुसार स्थानिय प्रशासनले सहजिकरणको भुमिका खेल्नुपर्ने बताए ।
रोटरी क्लब अफ तुलसीपुर सिटिको आयोजनामा सम्पन्न कार्यक्रममा अतिथी वक्ताको रुपमा उपस्थित भएका प्रमुख जिल्ला अधिकारी रिजालले जिल्लामा सुशासन कायम गर्न सबैले सहयोग गर्नुपर्ने बताए । उनले सुशासन,पार्दर्शिता र शान्ति सुरक्षा कायम गर्न स्थानियको सहयोग प्राप्त भयो, भने कानुन कार्यान्वयन गराउन सहजता प्राप्त हुने बताए । साथै उनले रोटरीले समाजमा गरेको योगदानको समेत खुलेर प्रशंसा गरे ।
क्लबका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालको जिवनी र उनको व्यक्तित्वको बारेमा पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले प्रकाश पारेका थिए । क्लबका प्रस्तावित अध्यक्ष यज्ञ बहादुर केसीले स्वागत गरेका थिए, भने कार्यक्रममा निवर्तमान अध्यक्ष देव बहादुर केसीले क्लबले गरेका सामाजिक गतिविधीको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा क्लवका भाबी अध्यक्ष शिव श्रेष्ठ पूर्वअध्यक्ष कुशल तर्ताल, अनुप कुमार श्रेष्ठ, बिमल रिजाल, ललित बहादुर घर्ती लगायतको उपस्तिथी थियो । क्लबका सहसचिव बुद्ध प्रकाश सिंहले धन्यवाद ज्ञापन गरेका थिए, भने कार्यक्रमको सहजिकरण सचिव देवेन्द्र केसीले गरेका थिए ।