आज संविधान दिवस

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ३ गते शनिवार

काठमाडौं : संविधान दिवसका दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन्‌।  सैनिक मञ्‍च टुँडिखेलमा बिहान ९ बजे हुने विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्‌। सो सम्बोधनमा उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिने र संविधान कार्यान्वयन अवस्थाबारे जानकारी दिने बताइएको छ।

यस्तै, संविधान दिवसकै अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २८९ जना कैदीबन्दीको कैद मिनाहा गरिदिएकी छिन्‌। संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कैदीबन्दी रिहा हुँदै गर्दा आजै राष्ट्रपतिले ५९४ जनालाई विभिन्न सरकारी विभूषण प्रदान गर्नेछिन्‌। मन्त्रिपरिषद्‌ले गरेको सिफारिस बमोजिम राष्ट्रपतिले विभूषण प्रदान गर्न लागेकी हुन्‌।​​तत्कालीन राष्ट्रपति रामवरण यादवले २०७३ साल असोज ३ गते नेपालको संविधान जारी गरेका थिए। यो संविधान जनप्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार