दाङ : दाङमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका ८ पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट गढवा गाउँपालिका ३ का १८ बर्षीय प्रकाश कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रवार बिहान करिब साढे २ बजे तिर गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ठक्करबाट घाइते भएका कुँवरको ढिलागरी मात्रै उद्दार भएको थियो । बिहान करिब सवा ७ बजेतिर लमहीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको खोजी भैरहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस