तुलसीपुरमा विहीवार थप ६ जनामा कोरोना संक्रमण

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १ गते बिहिवार

तुलसीपुर :  तुलसीपुरमा विहीवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर बालापुर क्वारेन्टाइनमा बसेका ४ पुरुष र १ महिला र एक जना कन्ट्याक्ट ट्रेसिङमा परेका ब्यक्ति गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको उपहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

गत भदौँं २८ गते आयल निगमका कर्मचारी र क्वारेन्टाइनमा रहेका व्यक्तिहरु र अन्य कन्ट्याक्ट ट्रेसिङ गरिएका ३७ जना ब्यक्तिहरु स्वाब संकलन गरीएको थियो । उक्त स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परिक्षण गर्दा ६ जनामा कोरोना पुष्टि र ३१ जनाको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार