राष्ट्रियसभा सदस्य वामदेव गौतमद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १ गते बिहिवार

काठमाडौं  : राष्ट्रियसभा सदस्यमा मनोनीत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिए । बिहीबार सि‌ंहदरबारस्थित कृषि समितिको हलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ ग्रहण गराएका हुन् ।

उपाध्यक्ष गौतमलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। सरकारको सिफारिस अनुसार गौतमलाई राष्ट्रपति भण्डारीले बिहीबार नै राष्ट्रियसभामा नियुक्ति गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार