दाङ : शान्तिनगर गाउँपालिकाको कार्यालय आगामी असोज ४ गतेसम्म बन्द हुने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सवारी चालकलाई कोरोना पुष्टि भएपछि गत भदौ २९ गते ४८ घण्टाका लागि गाउँपालिकाको कार्यालय सिल गरिएको थियो ।
तर गाउँपालिकाका थप केही कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको र रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले यहि असोज ४ गतेसम्म गाउँपालिका बन्द रहने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमार कँडेलले जानकारीइ दिए ।उनले विहीवार सुचना जारी गरी कार्यालयबाट प्रवाह गरिने स्वास्थ्य सेवा बाहेक सबै सेवा बन्द गरिएको जानकारी दिएका छन् ।