दिप्तीशिखा चौधरी,
दंगीशरण : दंगीशरण गाउँपालिका ३ स्थित हेकुली चोकमा यूवाहरु माक्स नलगाई यात्रा गरिरहेको यात्रुहरुलाई माक्स वितरण गरेका छन् । माक्स प्रयोग गरेर हिड्नुस् है । एक यूवाले अटो रोकेर माक्स दिए । अर्को एक जनाले सेनीटाइजर दिए । ६, ७ जना यूवाहरु २ दिन देखि कोभिड १९ बाट बच्नका लागि माक्सको अनिवार्य प्रयोग गर्नुपर्छ भन्दै बाटोमा हिड्ने नागरीकहरुलाई सचेत पार्दै आएका छन् । पैदल यात्रीहरुसंगसगैँ गाडिमा सवार कोहि यात्रुहरुलाई पनि दिदै सचेत पार्दै आएका छन् ।
“भोलीका दिनमा माक्स प्रयोग नगरेको देखेमा जरीवाना तिराउँछौँ ।” उनीहरुले यसरी नागरीकहरुलाई सचेत पार्दै थिए । यात्रीहरु “हस् हजुर” भन्दै फिस्स हास्थे र माक्स लगाएर अगाडि बढ्थे । यो दृश्यले यो समाजका लागि यो राष्ट्रका लागि साच्चाीकै यूवाहरुको आवश्यक छ जस्तो अनुभव गराईरहेको थियो । नागरीकहरु “धन्यवाद छ ” भन्दै सिर निहुराएर माक्स लगार्ई अगाडि बढ्थे ।
दंगीशरण ३ एकलीका बबई चिरागार दोभान युवा क्लवका यूवाहरुले कोभिड १९ को सन्दर्भमा कोभिड बाट शुरक्षीत रहनका लागि निःशुल्क माक्स वितरण कार्यलाई अगाडि बढाएका छन् । घरमा बसौँ शुरक्षीत रहौँ, भिडभाडमा जादा अनीवार्य माक्सको प्रयोग गरौँ भन्ने नारा सहित यूवाहरुले यो अभियानलाई अगाडि बढाएका हुन् ।
केहि माक्स क्लव र केहि माक्स र सेनिटाईजर हिरा डांगी फाउण्डेशनले सहयोग गरेको क्लवका अध्यक्ष होम बहादुर केसीले जानकारी दिए । समुदाय स्तरमा कोरोना भित्रीसकेकाले यो अभियानको सुरुवात गरेको क्लवका ससचिव अर्जुन देवकोटाले बताए । उपाध्यक्ष सुनिल थापा कोषध्यक्ष धु्रव डांगी लगाएतका क्लवका यूवाहरु आफै वडाको गाउँ,टोल र चौकहरुमा खटिएर माक्स वितरण कार्यलाई जारी राखेका छन् ।