काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन्। ष्ट्रपति कार्यालयका प्रवक्ता सह–सचिव हरिप्रसाद दहालका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतमलाई मनोनित गरेकी हुन्। सरकारले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री केपी ओलीले भदौ १८ गतेको नेकपा सचिवालय बैठकमा गराएका थिए।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस