तुलसीपुर : तुलसीपुरमा मोटरसाइकल अटोमा ठोक्किदा एक युवक घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर १२ कचिलाका १८ बषीृय कमल चौधरी रहेको इलाका प्रहरी कार्यालयले तुलसीपुरले जानकारी दिएको छ । घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार भइरहेको प्रहरीले जनाएको छ । आज दिउँसो करिब २ बजेतिर दोघरेबाट तुलसीपुरतर्फ जादैँ गरेको रा ५ प २४३३ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट पश्चिमतर्फ जादैँ गरेको रा १ ह ४१२५ नम्बरको अटोमा ठोक्किदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस