पूर्व प्रधानन्यायाधीशको निधनको शोकमा देशभरका अदालत आज बन्द

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १ गते बिहिवार

काठमाडौं :  सर्वोच्च अदालतका एकजना पूर्वप्रधानन्यायाधीशको निधनको शोकमा आज देशभरका अदालत बन्द भएका छन् ।सर्वोच्चले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनको शोकमा आज एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको हो ।

सर्वोच्चको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो । पूर्वप्रधानन्यायाधीश सिंहको एक सय वर्षको उमेरमा मंगलबार राती काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार