काठमाडौंँ : नेपाल आयल निगमले डिजेल र मट्टितेलमा एक रुपैयाँ घटाएको छ। बुधबार एक विज्ञप्ती जारी गर्दै आज राति १२ बजेदेखि लागू हुनेगरी डिजेर मट्टितेलमा एक रुपैयाँ घटाएको हो।
इन्डियन आयल कर्पोशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलिय पदार्थको मूल्य केही घटेर आएकोले नेपालमा पनि आज रातिदेखि लागू हुनेगरी घटाइएको आयल निगमले जनाएको छ। यस्तै पेट्रोल र विमानमा प्रयोग हुने इन्धनको मूल्य भने यथावत रहेको निगमले पत्रमार्फत जानकारी गराएको छ।
काठमाडौंमा निगमको १५ किलोमिटर परिसरमा डिजेल मट्टितेलको खुद्रा मूल्य ९० रुपैयाँ कायम गरिएको छ। मूल्य समायोजन पनि भारतीय सीमा रक्सौलसँग जोडिएको वीरगञ्ज क्षेत्रमा २९.४४ रुपैयाँ डिजेल र ३६.३८ रुपैयाँ नेपालतर्फ सस्तो रहेको पनि आयल निगमले विज्ञप्तीमार्फत जनाएको छ।