राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा  :   शर्मा

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ३१ गते बुधवार


शरद रेग्मी

तुलसीपुर :  दाङको तुलसीपुरबाट सन्चालन भैरहेको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा तुलसीपुरका युवा ब्यबसायी एव युवा नेता बिनोद कुमार शर्मा निर्बिरोध चयन भएका छन् ।  बुधबार तुलसीपुरमा सम्पन्न अधिबेशनबाट मधुसुदन पौडेल उपाध्यक्ष, गेहेन्द्र वली महासचिब र गणेश आरस िकोषाध्यक्षमा निर्बिरोध चयन भएका हुन् ।

त्यसैगरी प्रालिको सदस्यहरुमा बसन्त केसी, बशिकुमार शर्मा,मदन आचार्य र दिपु गिरी चयन भएका छन् ।  प्रालिको सल्लाहकारमा निबर्तमान अध्यक्ष मदन आचार्यलाई चयन गरिएको छ । सो अबसरमा बोल्दै नबनिर्बाचित अध्यक्ष शर्माले यातायात क्षेत्रको बवकासमा आफु निरन्तर लागि पर्ने बताए ।

उनले भने “यातायात यो देशका नागरिकहरुलाई प्रत्यक्ष सेवा गर्ने क्षेत्र हो । यसमा कार्यरत मजदुर र ब्यबसायीहरुको पेशाको ज्ञारेन्टी र हकहितको सरक्षण राज्यले गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार