प्याजमा कालोबजारी गर्ने ४ जना होलसेलर ब्यापारी पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ३१ गते बुधवार

काठमाडौँ  :  बल्खुबाट प्याज कालाबजारी गर्ने चारजना होलसेलर ब्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ३० वर्षीय सुनिल केसी, ३१ वर्षीय उपेन्द्र केसी, ४६ वर्षीय सर्दिप तन्डुकार र बारा घर भएका ५० वर्षीय हरिनारायण शाह कलवार छन् । उद्योग बाणिज्य तथा आफुर्तिमन्त्री लेखराज भट्टले बुधवार बजार अनुगमन गर्दा कालोबजारी गरेको भेटेपछि उनिहरुलाई पक्रन प्रहरीलाई आदेश दिएका थिए ।

मंगलबार सम्म ४८ रुपैयाँमा बिक्री भईरहेको प्याज उनीहरुले १ सय २० रुपैयाँ प्रतिकेजी बेचेको अनुगनको गर्दा फेला परेको थियो । भारतले निर्यात रोकेको बहनामा ब्यापारीले स्टोर गरेको प्याज महङ्गो मूल्यमा बेचेका हुन् । उनीहरुलाई कालोबजारी ऐनअनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार