फाइल तस्बिर
दाङ : दाङको शान्तिनगर गाउँपालिका ४ स्थित सुन्दर सामुदायिक बन उपभोक्ता समूहले साबिक वडा नं. ८ अन्तरगत गबदुवाका विभिन्न टोलका सडकहरु ग्राभेल गरेको छ । समूहले करिब १ लाख बराबरको ग्राभेल गरेको हो । साउन र भदौ महिनामा आएको अबिरल बर्षाले गाउँ टोलका सडकहरु हिलाम्मे र खाल्डाखुल्डी परे पछि सामुदायिक बन उपभोक्ताहरुको माग भए अनुसार ती बाटोहरुमा मर्मत कार्य गरेको सामुदायिक बनका अध्यक्ष बालाराम पौडेलले जानकारी दिए ।
साथै सामुदायिक बनले गएको आर्थिक बर्षमा विभिन्न सिँचाइ कुलो निर्माण , बन संरक्षणको लागि तारबार, खेककुद मैदान, नयाँ मोटर बाटो निर्माण गरि करिब १५ लाख बराबर लगानी गरेको सामुदायिक बनका अध्यक्ष बालाराम पौडेलले जानकारी दिए । साथै सामुदायिक बन समूहले बुद्ध माध्यमिक बिद्यालय शान्तिपुरलाई १ सय १८ क्यूफिट लकडी समेत उपलब्ध गराएको छ। उक्त सामुदायीक बन तीन बर्ष अघि देखि बैज्ञानिक बन ब्यबस्थापनतिर परिणत भै विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।